बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त, केहीबेरमा सपथ



हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाज राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषदको बैठक राखेर मुख्यमन्त्री पौडेलले सहयोगबापत सबै मन्त्रीहरुलाई धन्यवाद दिए । आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाउन गएको जानकारी दिए ।

राजीनामापछि पौडेलले सञ्चारकर्मीहरुसँग भने पार्टी एकताका लागि आफूले पदबाट राजीनामा दिएको बताए ।

उनले दलको नेताबाट राजीनामा दिएसँगै अष्टलक्ष्मी शाक्यलाई निर्विरोध रुपमा संसदीय दलको नेतामा चयन गरेको थियो । हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा बसेको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गर्दै मुख्यमन्त्रीको रुपमा अगाडि बढाउने निर्णय गरेको सांसद अरुण नेपालले जानकारी दिए ।

वाग्मती प्रदेशको दोस्रो मुख्यमन्त्रीको रुपमा शाक्य संविधानको धारा ७६ (१) अनुसार बहुमतको आधारमा नियुक्त हुनेछिन् । राति ९ बजे शपथ लिने गरी तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स