
सिन्धुली बजारमा रहेको संतोष मिठाई पसललाई मंगलबार गरेको बजार अनुगमन टोलीले २० हजार रुपैया जरिवाना गरेको छ ।
अनुगमन टोलीले यस अघि सुधार गर्न दिएका निर्देशनको पालना गरेको नपाएपछि टोलीले जरिवाना तिराएको हो ।
उक्त पसललाई यहि असार २४ गतेको अनुगमन टोलीले मिठाई पकाउने स्थान सफा नराखेको, तेल पटक–पटक प्रयोग गरेको, तरकारी तथा खाद्य वस्तु छोपेर नराखेको, र कामदारले मापदण्ड विपरित काम गरेकाले सुधार गर्न निर्देशन दिईएको थियो ।
तर आज गरिएको अनुगमनका क्रममा पनि सुधार नगरेकाले जरिवाना तिराईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रमोदचन्द्र पौडडेलले बताए ।
पालना नगरेको पाइएपछि प्रादेशिक व्यापार व्यवसाय सम्बन्धि ऐन २०७६ को दफा ६० को खण्ड ढ बमोजिम कसुर देखिएकाले सोही ऐनको दफा ६१ को उपदफा (१) को खण्ड (क)/ (ख)/(ग)/(घ)/(ङ) बमोजिम २० हजार रुपैंया जरिवाना गरिएको उनले जानकारी दिए । सात दिन भित्र जरिवान नतिरेमा प्रादेशिक व्यापार व्यवसाय सम्बन्धी ऐन २०७३ को दफा ६१ उपदफा ४ बमोजि थप कारबाही हुने समेत बताए ।
अनुगमनका क्रममा सिन्धुलीमाढी स्थित २ नं. बजारमा रहेको सुभाष मिष्ठान्न भण्डार तथा किराना पसलबाट अखाद्य २० किलोग्राम वेसनको पिठो नष्ट गरिएको उनले जानकारी दिए । भान्छा, सरसफाई तथा बासि सडेगलेका र म्याद नाघेका सामानहरुको विक्रि, वितरण नगर्न सचेत गराईएको छ ।