पौडेल समूहले घोषणा गर्नसकेन सभापतिका उम्मेदवार



नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्नसकेन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलनमार्फत बिहीबार सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो ।

सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने बताएका हुन् । ‘पार्टी बचाउन हामी एक भएर अगाडि बढ्छौं । हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छ,’ उनले भने । चार वर्षमा १४औं महाधिवेशन गरिसक्नुपर्ने भए पनि अहिलेको नेतृत्वमा उत्साह नदेखिएको उनले बताए ।

पत्रकार सम्मेलनमा महामन्त्री डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसीलगायतका नेता उपस्थित थिए ।


नेता पौडेलले सामूहिकतामा विश्वास गर्ने भएकाले आफूहरू सबै एकै ठाउँमा आएको बताए । ‘पार्टी र लोकतन्त्र बचाउन हामी एकताबद्ध भएका हौं,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर