प्रदेश २ एमाले छाडेर ११ जना सांसदले रोजे,एकीकृत समाजवादी



प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) लाई रोजेका छन् ।

जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिक रुपमा र एकजनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

प्रदेश सांसदहरु सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका हुन् ।

पत्रमार्फत भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकाकरी दिए ।

विशेष कामले काठमाडौं रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न छुटेका सांसद महतोले बताए ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर