मकवानपुरमा मुनु सिग्देल नेतृत्वको एमाले, समाजवादीमा आबद्ध



हेटौंडा / मुनु सिग्देल नेतृत्वको एमाले मकवानपुरको समानान्तर समूह नेकपा (एकीकृत समाजवादी) को पक्षमा आबद्ध भएको छ ।

बिहीबार आयोजित भेलामा पार्टी केन्द्रीय सदस्यसमेत रहेकी सिग्देलले आफू नेतृत्वको एमाले जिल्ला कमिटीलाई एकीकृत समाजवादी पार्टीमा आवद्ध गरेको जानकारी दिइन् ।

भेलाले तत्कालीन एमाले सचिवालय सदस्य रहेका श्रीधर पोखरेल जिल्ला अध्यक्ष बनाएको छ । तत्कालीन एमाले जिल्ला कमिटी सचिव मीना लामा उपाध्यक्ष, सचिवमा विष्णुप्रसाद दाहाल चयन भएका छन् ।

यस्तै, कार्यालय सचिवमा तिलक अधिकारीलाई निरन्तरता दिइएको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य सिग्देलले भेलामा घोषणा गरिन् ।

केन्द्रीय सदस्य सिग्देलका अनुसार जिल्ला कमिटी सदस्यको संख्या दुई ५५ रहेको छ ।

भेलामा समाजवादीका केन्द्रीय सदस्य केदार न्यौपालेले केपी ओली कम्युनिष्ट हुन नसकेकाले विद्रोह गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर