प्रहरी बनाइदिन्छु भन्दै पैसा असुल्ने युवक पक्राउ



धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२ का २५ बर्षिय मनोजकुमार सिंह रहेका छन् ।

उनले आफ्नो प्रहरी उच्च अधिकारीसँग सम्बन्ध रहेको बताउँदै प्रहरीमा भर्ना गरिदिने भन्दै एक युवकबाट ६० हजार असुली गरेको प्रहरीको दावी छ ।

प्रहरी जवान पदको सम्पूर्ण परीक्षा समाप्त भई नतिजा आउने बेला ती युवकले पैसा नदिए फेल गराइदिने भन्दै धम्की दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार पैसा असुली गरेको जानकारी पाएपछि प्रहरीले सिंहलाई बुधबार धनगढीस्थित ट्राफिक चौराहाबाट पक्राउ गरेको हो ।

युवकबाट सिटिजन्स बैंक धनगढीको नाममा रहेको ६० हजारको चेक र मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

युवकको मोबाइलमा प्रहरी बनाइदिने भन्दै गरेको बार्गेनिङको रेकर्ड रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका सिंहमाथि ठगी शिर्षकमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

नेपालीहरुको महान् चाड वडा दशैं, तिहार तथा छठलगायतलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विशेष सुरक्षा योजना बनाएको छ ।

सिन्धुली । चर्को आवाज निकाल्ने  मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ । सिन्धुलीमा पछिल्लो समय केही