विद्यार्थीहरुको भौतिक उपस्थितिमा नै सिन्धुलीका विद्यालय सञ्चालन हुने भएका छन् ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितीको बिहिबार बसेको बैठकले जिल्लाभरका सामुदायिक तथा निजी विद्यालयहरुले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम बिद्यालय संचालन गर्न दिने निर्णय गरिएको हो ।
बिद्यालय सन्चालन गर्नका लागि सम्बन्धित स्थानीय तहको कोभिडको अवस्था , बिद्यालय बन्दले पारेको असर र बिद्यालय खोल्न पाउनपर्ने मागसहित सिफारिस गर्नेुपर्ने जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।