
नेपाली कांग्रेस गोलन्जोर गाउपालिका -२ बितिजोरको वडा अधिवेशन एकलौटी ढंगले क्रियाशिल सदस्ता वितरण गरेको भन्दै असन्तुष्ट पक्षले बहिष्कार गरेको छ ।
कांग्रेस बितीजोरका पार्टी सचिव समेत रहेका ईश्वर हमाल, बसन्त मल्ल र मोहन कार्की पक्षले अधिवेशन बहिष्कार गरेका हुन् ।
जनप्रतिनिधी समेत रहेका दौलत कार्कीले मनोमानी रुपमा आफन्तहरु लाई मात्रै सदस्यता दिएर बिधान विपरीत पार्टी कब्जा गरेको भन्दै, अधिवेशन बहिष्कार गरेको बितीजोर पार्टी सचिव ईश्वर हमालले सिन्धुली दर्पणलाई जानकारी दिए ।