यी हुन, गोलन्जोर कांग्रेसका नवनिर्वाचित वडा सभापतिहरु



नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ भएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन ।

सिन्धुलीका ९ स्थानीय तहका ७८ मध्य केहि वडाहरुमा सबैको अधिवेशन सम्पन्न भैसकेको छ । हरिहरपुरगढी ६ को वर्षा काे कारण स्थगित भएको नेपाली कांग्रेस सिन्धुली जनाएको छ ।


यी हुन गोलन्जोर गाउँपालिकाका नेपाली कांग्रेसका ७ वडा सभापतिहरु

  • ठाकुर घिमिरे (वडा नं.१ डुड्भञ्ज्याङ)

  • दौलत कार्की (वडा नं.२ बितिजोर)

  • ईन्द्र बहादुर कार्की ( वडा नं.३ भुवनेश्वरी)

  • ईन्द्र बहादुर पूर्वछाने ( वडा नं.४ तीनकन्या)

  • हरिशरण बस्नेत (वडा नं.५ रतन्चुरा)

  • पुरुषोत्तम श्रेष्ठ ( वडा नं.६ बाशेश्वर)

  • अमुल कार्की ( वडा नं.७ खुर्कोट)

मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने जनाएको छ । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर