
सिन्धुली । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितीको संयोजकमा रामकुमार पौडेल मनोनित भएका छन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशको बैठकले सिन्धुली जिल्ला समन्वय समितिको संयाेजकमा पुराना नेता रामकुमार पाैडेललाई मनोनित गरेको हो।
काठमाडौंमा शुक्रबार बसेकाे प्रदेश कमिटीको बैठकले उनलाई संयाेजक तोकेको हो ।
केन्द्रीय सदस्य तथा यसअघिका अध्यक्ष लेखनाथ दाहाल राजन जिल्ला इन्चार्ज बढुवा भएपश्चात् रिक्त स्थानमा पाैडेललाई जिम्मेवारी दिइएको हो ।
माओवादी केन्द्रको केन्द्रीय समितिको श्रावण ३० र ३१ गते बसेको बैठक माओवादी केन्द्रको जिल्ला समितिहरु खारेज गरी जिल्ला समन्वय समिति बनाइएको थियो ।