सिन्धुली काँग्रेस सभापतिमा पोखरेलको उमेद्वारी घोषणा



सिन्धुली । नेपाली काँग्रेसका यूवा नेता एवं पूर्व पार्टी सचिव उपेन्द्रकुमार पोखरेल (उज्वल) ले पार्टी सभापतिमा उमेद्वारी घोषणा गरेका छन ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा पोखरेलले जिल्ला पार्टी सभापतिमा उमेदवारी घोषणा गरेका हुन् ।

१३ औं महाधिवेशनमा पनि सभापतिको उमेदवार वन्न लागेका पोखरेल सहमतीमा त्याग गरि सदस्यपदमा मात्र निर्वाचित भएका थिए ।

नेविसंघ र तरुण दलका अध्यक्षको नेतृत्व गरिसकेका निडर र हक्की स्वभावका पोखरेल यसअघि पार्टी सचिवको रुपमा काम गरिसकेका छन् ।

यूवा पुस्ताको नेतृत्वबाट पार्टीलाई चलायमान बनाउनलागि मेरो सभापतिमा उमेदवारी हो पोखरेलले भने, “काँग्रेस पार्टीलाइ सबैको बनाउन र सबैले अपनत्व ग्रहण गर्न लायक बनाउन मेरो विजय सुनिश्चित छ ।” “काँग्रेसको संगठनलाई ७९ वडाको कुनाकन्दरामा पुर्‍याएर धक फुकाएर काँग्रेस हुँ भन्ने प्रत्येक काँग्रेसजनले गर्व गर्न लायक बनाउने मेरो प्रमुख लक्ष छ”, उनले थपे ।

मैले पटक–पटक त्याग गरेको छु, काँग्रेसको संगठनका लागि जहाँ पनि पुगेको छु, उनले भने, “ मेरो उमेदवारीले काँग्रेस जनमा थप उर्जा थपिएको छ । म प्रत्येक काँग्रेस जनको मन मुटुमा बसेको छु ।” आफु पछि कुनै हालतमा पछि नहट्ने उनले घोषणा गरेका छन् ।

माओवादी द्धन्दको समयमा जिल्लामा काँग्रेस जोगाउन उनको महत्वपूर्ण भुमिका रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स