
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा भानुभक्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
क्रान्तिकारीको शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको २० औं जिल्ला सम्मेलनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
सम्मेलनले उपाध्यक्षमा धन बहादुर श्रेष्ठ(सुवास) , हेम कुमार आछामी र सुस्मा पुरी चयन गरेको छ ।
त्यसैगरी,सचिवमा बिजय खड्का, सहसचिवमा सुनिल पौडेल, पुस्कर थापा र सुसन पौडेल रहेका छन् भने, कोषाध्यक्षमा धिरेन्द्र घिसिङ सर्वसहमत निर्वाचित भएका छन्।
अनेरास्ववियू(क्रान्तिकारी)को ७५ सदस्यीय जिल्ला कमिटी रहेको छ ।