
नेकपा एमाले सिन्धुली सचिवालय सदस्य सन्तली राई सहित हरिहरपुरगढी गाउँपालिका कार्यपालिका निर्वाचित जनप्रतिनिधि एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गरेको छ ।
एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेमा हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष कमलकुमार राई, एमालेबाट निर्वाचित वडा नं. २ का वडा सदस्य दुर्गा बहादुर राई, ज्ञानेन्द्र राई वडा नं. ८ का निर्वाचित वडा सदस्य जंगबहादुर माझी रहेका छन् ।
त्यस्तै नेकपा एमालेबाट स्थानीय तहकको निर्वाचनमा वडा नं. ७ मा वडा अध्यक्ष उमेद्वार रहेका मोहनबहादुर रखाल, एमाले हरिहरपुरगढी गाउँ कमिटि सदस्य पेमा ध्वज लामा र वडा नं. ८ वडा कमिटि सदस्य रत्नबहादुर अस्थानी मगर एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् ।
शनिवार सिन्धुलीमाढीमा एक औपचारी कार्यक्रमका विच नेकपा (माओवादी केन्द्र) स्थायि कमिटी सदस्य तथा पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले अविर लगाएर स्वागत गरेका थिए ।