
सिन्धुली । प्रहरीले लागु औषध खैरो बराउन सुगर तीन जना पक्राउ गरेको छ ।
काँकरभिट्टा बाट काठमाडौँ जाँदै गरेको प्रदेश ३०१–०२४ च ६३७१ नम्बरको तरकारी बोक्ने गाडी चेकजाँच गर्ने क्रममा बिपी राजमार्ग को सिन्धुली स्थित कमलामाई नगरपालिका ६ माझिटार चेक प्वाइन्टबाट उनीहरू लाई २४ ग्राम बराउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका वडा नं १० घर बताउने २८ वर्षीय राजीव थाङसुङहाङ, मोरङ रतुवा माई नगरपालिका ९ का २२ वर्षीय तुलसी दाहाल र सोही नगरपालिका ७ का ३६ वर्षीय खड्गबहादुर दर्जी रहेको प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए ।
लागु औषध बरामद पछि गाडी सहित गाडीमा सवार र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।