
सिन्धुली । सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ।
सिन्धुली सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित सुनकोशी नदीको बिच बगरबाट आइतबार नामथर ठेगाना नखुलेको अन्दाजी ४५ वर्षको पुरुष शव फेला परेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।
प्रहरीका अनुसार उक्त शवलाई सुरक्षित स्थानमा ल्याई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाईएको छ।