
सिन्धुलीका ७९ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाका सबै ७९ वटै वडाको अधिवेशन टुंगिएको हो ।
७७ वडामा सर्वसम्मत र २ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले बताए ।
उनका अनुसार सुनकाेशी गाउँपालिका वडा नम्बर २ घ्याङलेक गाउँपालिकाको वडा नम्बर ३ मा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।
त्यसैगरी, दुधौली नगरपालिका वडा नम्बर ९ गोलन्जोर गाउँपालिका ६ मा क्षेत्रीय प्रतिनिधीहरुको निर्वाचन भएको थियो । भने सुनकाेशी गाउँपालिका १ मा महाधिवेशन प्रतिनिधीमा निर्वाचन भएको थियो ।
उक्त वडाबाट पूर्वमन्त्री वीपीन कोइराल महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएका छन ।
सिन्धुलीमा दुई नगरपालिका र सात गाउँपालिका गरी ९ स्थानीय तह रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको सिन्धुलीको क्षेत्र नम्बर एकमा एकचालिस र दुई नम्बर क्षेत्रमा अड्तीस वडाहरु रहेको दाहालको भनाई रहेको छ ।
जिल्लामा ९ हजार १ सय ६० क्रियाशील सदस्य छन् । पुराना ४ हजार ५सय जनाले नवीकरण गरेको र बाँकी सबै नयाँ क्रियाशील सदस्य थप भएको उनको भनाइ छ ।