यसवर्ष पनि सरकाले भेटेन सर्वोत्कृष्ट निजामती कर्मचारी



आज मंगलबार निजामती कर्मचारी दिवस मनाउँदैछ । तर, सरकारले यो पटक पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेन ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरे पनि सर्वोत्कृष्ट कर्मचारीको नाम उल्लेख छैन ।

निजामती कर्मचारी दिवसका अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ ।

सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । सर्वाेत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वाेत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।