
स्वस्तिका बखरेल
आमा माफि देउ
तिमिले दिएको संस्कार त्यागिदिए ,
आमा आज म मन्दिर पसिदिए,
बिद्यार्थी जिवनको महान चाड
सरस्वती पुजा , रगतले लतपतिएको शरीर लिएर पुजा गरि ।
हिजैै देखिकोे मेरो तयारि , खुसियाली छाएको मेरो मन
बिहान कोे पहिलो किरण सँगै सब उदासी मा रोयो मेरोे मन
माफ गरिदेउ आमा समाजको नियम बिपरित मैले काम गरि
आज रगतले लतपतिएको शरीर लिएर पुजा गरि आमा
भोलि घरमा नराम्रो हुदा नाम मेरै आउला आमा,
धर्म कर्म कुल कुलाएन्न नमानि नास्तिकको उपनाम दिएलान आमा ,
समाजको बचनले तिम्रो मन रुनछ थाहा छ आमा
तर योे कुसंस्कार र कुसंस्कृृृृति को सिकार हुन्न चाहान्न आमा
सरस्वती माता पनि त एउटा नारि हो नि ,
नारि भएपछि भगवान ले दिएको बर्दान र प्रकृतिको नियम होे आमा ,
कि त महिनाको पाँच दिन भगवती हरुलाई पनि छुट्याउनुु पर्यो रु
आमा नडराउ एक दिन यो सब गलत सोच परिवर्तन गर्ने छु ,
एउटा सुुुुुुन्दर समाज निर्माण गर्ने छु,
माफ गरिदेउ आमा रातोे रगतले भिजेर रातो अक्षेता र फुुुुुुुलपाति ले पुजा गरि आमा ,
माफ गरिदेउ आमा तिम्रो संस्कारको बिरुद्ध काम गरि आमा ।।।