
सिन्धुली । माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका खड्ग बहादुर सुनुवारले एमाले मै रहने भन्दै सनाखत फिर्ताको लागि निवेदन दिएका छन ।
फिक्कल गाउँपालिका गाउँ कार्यापालिका सदस्य सुनुवारले नेकपा ( एस) मा सनाखत गरेका थिए । उनले मंगलबार दिउँसो जिल्ला निर्वाचन कार्यालय सिन्धुलीमा पुगेर समाजवादीमा सनाखत गरेका जिल्ला निर्वाचन अधिकृत खिल बहादुर दर्लामी ले बताए ।
उनका अनुसार सुनुवारले ४ बजे सुनुवारले नेकपा (एस) मा गरेको सनाखत फिर्ता को लागि निवेदन दिएका थिए ।
निर्वाचन अधिकृत दर्लामीले भने, हामीले सुनुवारको सनाखत सहितको फिर्ताको लागि आयोगमा पठाएका छौँ । यस बिषयमा आयोगले निर्णय गर्ने छ ।
नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको थियो ।