
सिन्धुलीको घ्याङलेख गाउँपालिका ले सेवा लिनको लागि आएका पहिलो सेवाग्राही लाई सम्मान गरेर सेवा सूचारु गरेको छ ।
गाउँपालिकाले निजामती सेवा दिवसमा पहिलो सेवाग्राही पूर्ण नेपालीलाई दोसल्ला ओढाएर सम्मान गरेर सेवा सूचारु गरेको हो ।
त्यसैगरी गाउँपालिकाले १४ औँ निजामती सेवा दिवसको उपलक्षयमा सरसफाई र वृक्षारोपण गरेको थियो।
मंगलबार बिहान गाउँपालिकाको कार्यालय परिसर हुँदै हस्पिटल चोक, ईलाका प्रहरी कार्यालय बस्तिपुर र नेपाल एस वि आई बैंक परिसरसम्म सरसफाई गरिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाको वडा नं. २ र ईलाका प्रहरी कार्यालय बस्तिपुर परिसरमा आज नै १० वटा असोशक को विरुवा रोपिएको छ ।
साथै गाउँपालिकाले खुल्ला ब्याड्मिन्टन प्रतियोगीताको आयोजना समेत गरेको थियो । प्रतियोगीतामा ७ समुहको सहभागीता रहेको थियो ।
भने प्रथम दितीय र तृतीय हुनेलाई पुरस्कार समेत वितरण गरिएको जानकारी दिए ।