बागमती प्रदेशको स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल सहित १० मन्त्री थपिए (नामसहित)



बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

मन्त्रिपरिषद् विस्तार गरेर १२ सदस्यीय बनाइएको छ । शाक्य नेतृत्वको प्रदेश सरकारमा १० जना नयाँ अनुहार थपिएका छन् ।

नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

प्रदीप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री, बाटी उद्योग राज्मन्त्री, श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका हुन् ।

नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले बुधबारै सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर