झुक्याएर समाजवादीमा सनाखत गराएकी निर्मला एमालेमै फर्किइन्



कपिलबस्तु । नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्ने जिल्लाकी एक्लो जनप्रतिनिधि निर्मला सुनार एमालेमै फर्किएकी छन् ।  

मंगलवार जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा (एस) मा सनाखत गरेकी निर्मलाले आफू बजार गएको बेला मौका छोपेर निर्वाचन कार्यालयमा पुर्‍याई जबरजस्ती सनाखत गराएको आरोप लगाएकी छन् ।  

बुधवार विज्ञप्ति जारी गर्दै शिवराज नगरपालिकाका कार्यपालिका सदस्य निर्मलाले आफ्नो काममा तौलिहवा गएका बेला निर्वाचन कार्यालयमा काम छ भनी लगेको र परिबन्दमा पारेर केही कागजातमा हस्ताक्षर गराएको उल्लेख गरेकी छन् ।

‘हिजो तौलिहवा कामको सिलसिलामा गएको थिए । दुई तीन जना साथीहरूले निर्वाचन आयोगमा जाम भनेर लगेर सनाखत गराउनु भयो । ५ बजे घर फर्किएपछि समाजवादीमा गएको हो भनेर फोन आयो । मिडिया र फेसबुकमा हेरे । म एमाले मै बस्छु,’ सुनारले भनेकी छन् ।

सुनारले मंगलवार नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।

यसैगरी शिवराज नगरपालिका-१० का अध्यक्ष मञ्जु मिश्रले जसपा छाडेर लोसपामा सनाखत गरेकी छन् । जनता समाजवादी पार्टीबाट उप निर्वाचनबाट विजयी भएका मिश्राका श्रीमान् महन्त ठाकुरतर्फ लागेपछि उनले पतिकै दल रोजेकी हुन् । मिश्राका पति रबीदत्त मिश्र लोकतान्त्रिक समाजवादी पाटीका केन्द्रीय नेता हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर