फातिमालाई ओलीकाे जवाफ – ‘हामी त प्रतिपक्षी भइसक्यौँ, यसमा सरकार स्पष्ट हुनुपर्छ’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अनुमोदन गर्ने वा नगर्नेबारे वर्तमान सरकार स्पष्ट हुनुपर्ने बताएका छन् ।

नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग आफ्नो निवास बालकोटमा बिहीबार दिउँसो भएको भेटमा अध्यक्ष ओलीले एमसीसीबारे पहिले सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताएका हुन् । आफूहरु प्रतिपक्षमा रहेकाले प्रत्यक्ष भूमिकामा नभएको उनको भनाई थियो ।

‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमानदार प्रयास गरेकै हौँ’ अध्यक्ष ओलीको भनाई उद्यृत गर्दै स्रोतले भन्यो, ‘ अहिले हामी प्रतिपक्षमा छौँ । यसमा हाम्रो प्रत्यक्ष भूमिका हुँदैन । त्यसकारण अब सरकारले के कसरी अगाडि बढाउँछ त्यसमा भर पर्छ ।’ ओलीले सत्तारुढ दलहरु र सरकारले अहिलेसम्म एमालेसँग यसबारे कुनै परामर्श नगरेको पनि बताएका थिए ।

जवाफमा एमसीसी उपाध्यक्ष सुमारले अनुमोदनको प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको प्रतिनिधिमण्डल सहभागि थियो । यता एमालेको तर्फबाट भने विदेश विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायत नेता सहभागि थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर