
सिन्धुली। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले राजनितिक दल विभाजन सम्बन्धी अध्यादेश अन्त्य नभएसम्म मन्त्री परिषद विस्तार नहुने बताएका छन् ।
पार्टीको संगठन सुदृढिकरण तथा जागरण अभियानको क्रममा मंगलवार सिन्धुली आईपुगेका उनले सो कुरा बताएका हुन्।
सरकारले राजनीतिक दल विभाजन सम्बन्धी ऐन संशोधन गरी २० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसदका आधारमा पार्टी फुटाउन सकिने प्रावधान राखेर जारी अध्यादेशले देशमा स्थिरता नहुने यादवले बताए ।
उनले भने,दल विभाजनले एमाले मात्रै हैन हाम्रो पार्टी पनि अछुतो रहन सकेन यसले नेपाली राजनितिमा अस्थिरता निम्त्याएको छ । कुन पार्टी कति बेला विभाजन हुने टुंगो छैन् । त्यसैले मन्त्री परिषद विस्तार भन्दा पनि पहिले अध्यादेशको अन्त्य हुनुपर्ने अहिलेको आवश्यकता हो । तर मन्त्री परिषद् एक दुई दिन ढिलो हुँदैमा केहि फरक पर्दैन ।