स्थानीय बन उपभाेक्ता महासंघ नेपाल हरिहरपुरढी गाउँपरिषद प्रथम भेला सम्पन्न



बुद्ध कुमार आछामी

सिन्धुली । स्थानीय बन उपभाेक्ता महासंघ नेपाल हरिहरपुरढी गाउँपरिषदकाे प्रथम भेला हरिहरपुरगढी गाउँपालिका वडा नं २ झनझनेमा सम्पन्न गरेकाे छ ।


भिम बहादुर लामाकाे अध्यक्षता भएकाे भेलालाई प्रमुख अतिथीकाे रूपमा सम्बाेधन गर्दै प्रदेश महासंघका सदस्य तारादेव श्रेष्ठले महासंघले अगाडि सारेकाे आन्दाेलनमा सक्रियतापुर्वक सहभागी हुन सबैलाई आग्रह गरे ।

भेलालाई विशिष्ट अतिथिका रूपमा सामुदायीक बन जिल्ला महासंघका अध्यक्ष हितलाल श्रेष्ठ, हरिहरपुरगढी गापा वडा नं ४ का अध्यक्ष कमल बहादुर राई लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

भेलाले केन्द्रले गरेकाे निर्णय अनुसार सामुदायीक बनकाे अधिकारलाई स्थापित गर्न सुरू गरेकाे आन्दाेलनका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुने निर्णय गरेकाे गाउँ परिषदका सचिब भिम कुमारी आलेले जानकारी दिइन ।

भेलामा हरिहरपुरगढी गाउँपालिका भित्रका ६३ वटा सामुदायीक बनका प्रतिनिधीहरूकाे सहभागीता रहेकाे थियाे ।

सामुदायीक बन उपभाेक्ता महासंघले सरकारले बैज्ञानिक बन ब्यवस्थापन खारेजीसँगै दिगाे बन ब्यवस्थापनकाे कार्यक्रम अगाडि नसारेकाे, बैज्ञानिक बन ब्यवस्थापनकाे नाममा कटान गरिएकाे काठकाे निकासीकाे वेवास्ता गरि सामुदायीक बनकाे अधिकारकाे प्रयाेगमा राेक लगाएकाे लगायत बिविध माग राख्दै आन्दाेलनमा जाने निर्णय गरेकाे छ । आन्दाेलनकाे कार्यक्रम अन्तगत देशैभर प्रजिअलाई ज्ञापन पत्र, बिराेध र धर्ना कार्यक्रम रहेकाे सामुदायीक बन जिल्ला महासंघ सिन्धुलीका सदस्य नबराज श्रेष्ठले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स