
सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान संसदबाट राष्ट्रिय सहमतिमा पास हुने बताएका छन् ।
पार्टीको संगठन सुदृढिकरण तथा जागरण अभियानको क्रममा आज सिन्धुलीको सिन्धुलीमाढी आईपुगेका उनले सो कुरा बताएका हुन ।
डा. भट्टराईले एमसीसीका विषयमा बहस आवश्यक नरहेको बताए । एमसीसी बारे राज्यको स्पष्ट नीति हुनुपर्ने बताउँदै नेपाल सरकारको विदेशी सहयोग बन्द गर्ने नीति नभएकाले विरोध आवश्यक नरहेको बताए ।
एमसिसि नेपालमा आफु प्रधानमन्त्री भएदेखि सुरुवात भएको बताउँदै आफु पछिका सबै प्रधानमन्त्रीले स्वीकार गरेको परियोजना भएको उनको भनाई छ ।
नेपालका ठूला दलहरुको सहमतिमा एमसीसी पास हुने समेत उनले दावी गरे ।