‘देखे जब उनीलाई’मा प्रजिना र प्रकाशको रोमान्स



नारायण सुवेदी ‘आभाष’को संगीतमा रहेको ‘देखे जब उनीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतकार, कवियत्री तथा फिल्म निर्मात्री अनु शाहको शब्द रहेको यस गीतमा स्वर लोकप्रिय गायक जगदीश समालको रहेको छ। यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

रोमाण्टिक भर्सनको यस गीतको सम्पूर्ण छायांकनअमेरिकामा नै भएको हो। म्युजिक भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा बीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। जय्सन फोटोग्राफी र बीबी लामिछानेले छायांकन गरेको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। राजन उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो।

ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । कोरोनाभाइरस महामारीको दोस्रो लहरले रोकिएका फिल्मको छायांकन अहिले धमाधम सुचारु हुँदैछन् । मिलन चाम्सको निर्माण एवं निर्देशन रहेको

अहिलेकी चर्चित मोडल तथा कलाकार गरिमा शर्माको सुन्दरता झल्कने अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगम थपलियाको स्वरमा रहेको

सिन्धुलीका लोकप्रिय सर्जक एवम् गायक श्याम अधिकारीको पछिल्लो गीत सार्बजनिक भएको छ । अधिकारीको परदेशी बाध्यता र बिवस्ताको को कारण