सिन्धुलीमा बिहानै वर्षा, आज कहाँ-कहाँ पर्छ पानी ?



सांकेतिक तस्विर

आज बुधबार बिहान सिन्धुलीसहित बागमती, प्रदेश २ र गण्डकी प्रदेशमा वर्षा भएको छ । भारतको छत्तिसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति लुम्बिनीका धेरै स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

बिहीबार लुम्बिनी र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । बिहीबार राति प्रदेश २ र बागमतीका केही अन्य प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।