
सिन्धुलीमा बिहीबार विहान भएको मोटरसाईकल दुर्घटनामा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनानमा र्लाहीको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिय अजमद अन्सारीको घटना स्थलमा नै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले दिनु भएको जानकारी अनुसार सर्लाही बाट काठमाण्डौ जादै गरेको प्र.२–०३–०१४ प ३४८९ नम्बरको मोटरसाईल विपि राजमार्ग अन्र्तगत सुनकोसी गाउँपालिका ५ मुलकोटमा दुर्घटना भएको हो ।