सिन्धुली मालपोतमा भू–सेवा केन्द्रको शुभारम्भ, बिचौलियाको दिन गए



मालपोत कार्यालय लाई कागज रहित डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भ गरिएको छ ।

विहीबार एक कार्यक्रमका विच भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा बोल्दै महानिर्देशक पौडेलले कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्न मालपोत कार्यालय सिन्धुलीका कर्मचारीहरुलाई निर्देशन दिएका छन ।

विगतमा जस्तो मालपोत कार्यालयमा अहिले अनियमितताका विवरणहरु नआएको र अख्तियारमा पनि उजुरी नपरेको बताउँदै उनले सेवाग्राही नागरिकहरुलाई खुशी बनाएर छिटो छरितो काम सम्पन्न गरेर पठाउन मातहतका निकायहरुलाई निर्देशन दिए ।

उनले भने,मातपोतका हामी कर्मचारीहरुलाई यदी कसैले बचाउँछ भने त्यो अहिले हामीले प्रयोगमा ल्याएको प्रविधीले मात्रै हो । विगतमा हामीहरुमाथि धेरै मुद्धाहरु लागेका थिए, हामीले हातले काम गरेका थियौं, तर यो एक वर्षको अबधीमा हाम्रा कुनै पनि कर्मचारीहरुमाथि कसैले मुद्धा दर्ता गरेका छैनन र अख्तियारको टोलीले समातेको पनि छैन । त्यसैले प्रविधीलाई विश्वास गर्नुस् र सिस्टममा बसेर काम गर्नुस् कुनै पनि समस्या आउनेछैन । अब मालपोत कार्यालय मात्रै प्रविधीमा होइन, लेखापढी व्यवसायी र सेवाग्राही पनि प्रविधी मैंत्री बन्न जरुरी भएको बताए ।

भू–सेवामार्फत घरबाटै जग्गा सम्बन्धी कार्य गर्न निवेदन दिन सकिने र अनलाइनबाटै कारोबार गर्न सकिने भएकाले नागरिकलाई उक्त सेवाले सहज बनाउने कार्यालयको विश्वास छ । भू–सेवा केन्द्र सञ्चालनमा आएसँगै जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको चाप घट्ने र काम कारवाही छिटो छरितो हुने तथा विचौलियाको चलखेल पनि न्यूनिकरण हुने कार्यालयको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर