
सिन्धुली । सामाजिक सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता व्यवस्थित गर्न कमलामाई नगरपालिका ले जनप्रतिनिधि र कर्मचारी लाई तालिम दिएको छ।
नगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी विद्यमान कानुनी व्यवस्था तथा आधार,नीतिगत ऐन, नियम र प्रणालीका साथै वडा स्तरमा घटना दर्तामा भएको समस्याहरूका विषयमा वडा अध्यक्ष र वडा सचिवहरूका तालिम दिन सुरु गरेको हो ।
कमलामाई नगरपालिकाको आयोजनामा तालिमको सहजीकरण राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागका निर्देशक विनीता भट्टराई तथा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणालीका प्राविधिक इन्जिनियर निर्मल शर्माले गरेका छन् ।
तालिममा कमलामाई नगरपालिकाको १४ वटै वडाका वडा अध्यक्ष र वडा सचिव हरुकाे सहभागिता रहेको छ । शुक्रबारबाट सिन्धुलीमाढीमा सुरु भएको तालिम शनिबार समापन हुनेछ ।