आज विश्वकर्मा पूजा मनाइँदै



हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ ।

आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ ।

नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्त्वलाई प्रकट गर्दै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा पनि मनाउने गरिन्छ । उद्यमी, श्रमिक, मजदुरहरुले गाडीहरु, मेसिनहरुको पूजा गर्छन् ।

भगवान विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकार मानिन्छ । विश्वकर्मा पूजा गर्दा उद्यम गर्नेलाई उत्साह दिने र आउने समस्याहरु समाधान हुने विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।