
सिन्धुली । पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
सुरक्षित आप्रवासन परियोजना(सामी) अन्तरगत वैदेशिक रोजगार सम्वन्धि अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
रिलिफ नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रममा सामी परियोजनाका प्रदेश संयोजक तरुणकान्त अधिकारीले वैदेशिक रोजगारसंग सम्वन्धित बिषयमा जानकारी दिएका थिए ।
उनले,नेपालमा वैदेशिक रोजगारको अवस्था, अवसर तथा चुनौति, सामी परियोजनाको परिचय तथा अपेक्षित उपलव्धिहरु, परियोजना अन्तरगतका समग्र प्रयास एवं मनोसामाजिक परामर्श लगायतका विषय प्रस्तुत गरेका थिए ।
परियोजनाका जिल्ला संयोजक केआर बिजय दहालले सिन्धुलीमा संचालीत बार्षिक कार्यक्रमको प्रगती विवरण प्रस्तुत गरेका थिए ।
त्यस्तै कमलामाई नगरपालिका सामाजिक विकास शाखाका बबिन्द्रलाल माझिले सुरक्षित वैदेशिक रोजगार सम्वन्धि नेपालको संविधान, स्थानीय सरकार सन्चालन ऐन २०७४ र वैदेशिक रोजगारसंग सम्वन्धित स्थानीय सरकारको प्राथमिकताका बारेमा जानकारी दिए।