
सिन्धुली । फिक्कल गाउँपालिका ले पालिका भित्रका सबै विद्यालयहरू लाई एउटै प्रकार को दिवा खाजा खुवाउन पत्रचार गरेको छ ।
गाउँपालिकाको गाउँ शिक्षा समितिको चैत्र १७ गते बसेको बैठकको निर्णय अनुसार पालिकाले गत चैत्र २९ गते सम्पूर्ण सामुदायिक विद्यालय पत्रचार गरेको हो ।
“ स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ” भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल सरकारले सामुदायिक विद्यालयहरूमा प्रारम्भिक बाल विकास देखि पाँच कक्षासम्मका सबै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिएको ब्यहोरा सर्वविदितै छ पत्राचारमा भनिएको छ ।
स्थानीयता, बालबालिकाको स्वास्थ्य तथा विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिकालाई आधार मानी यस स्थानीय परिवेश, संस्कृति तथा स्थानीय उत्पादनलाई ध्यानमा राखी दिवा खाजा खुवाउन पत्रचार मार्फत निर्देशन दिएको छ । साथै पालिकाले साप्ताहिक मेनु तयार गरेको छ ।
मेनु अनुसार आइतबार पोसिलो जाउलो चाम्रे पुलाउ खुवाउनु पर्ने छ । त्यसै गरी सोमबार मासु चिउरा चिउरा तरकारी , मङ्गलवार कोदोको हलुवा तरकारी खिचडी बुधवार क्वाँटी मिक्स तरकारी ( राजमा,चना,केराउ) भने बिहीबार मकैको खिर तरकारी खिर तरकारी सातु पुवा र शुक्रवार पानी रोटी मकै भटमास खुवाउनु पर्ने छ ।