
सिन्धुलीमा सालकको खपेटा सहित एक जना पक्राउ परेका छन् ।
कमलामाई नगरपालिका वडा नम्बर २ खट्टार घर भएका ३० वर्षीय मदनसिं बमजनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सिन्धुलीको बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभञ्ज्याङ्गबाट दुई थान सालकको खपेरा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोज कुमार लामाले जानकारी दिए ।
डिएसपी लामाका अनुसार चेकजाँचको क्रममा एउटा २ फिट ५ ईन्च र अर्को १ फिट ९ ईन्चको सालकको खपेटा सहित पक्राउ गरिएको थियो ।
आवश्यक कारबाहीको लागि सालकको खपेटा सहित बम्जनलाई डिभिजन बन कार्यालय सिन्धुलीमा बुझाइएको प्रहरीले जानएको छ ।