
सिन्धुली। तीनपाटन गाउँपालिका ले छोरी बुहारी लाई व्यवसाय सञ्चालन गर्न तालिम दिएको छ ।
पालिकाले वडा नं ११ भित्रका ३५ जना छोरी र बुहारीलाई व्यवसाय सचेतता तालिम दिएको हो ।
गाउँपालिकाको प्रदान गरेको ८ दिनको तालिममा २२ जना बुहारी, १० जना छोरी र २ जना युवा सहभागी रहेका थिए ।
तालिमको समापन समारोहलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष कर्ण थापाले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिए । उनले गाउँपालिकाले गरेको लगानी लाई प्रयोगमा ल्याएर उदाहरणीय बन्न सहभागीहरूलाई आग्रहसमेत गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष पदममाया तामाङले व्यवसाय गर्न इच्छुक गाउँपालिकाका छोरी र बुहारीलाई व्यवसाय सचेतना सुरु तालिमले महत्त्वपूर्ण सहयोग गरेको बताइन् ।
उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमै उतार्न छोरी बुहारीहरूलाई आग्रह गर्दै आवश्यक परे गाउँपालिकाले थप सहयोग गर्ने उल्लेख गरिन् । व्यवसायमा क्रियाशील हुनु, सासू ससुराहरू पनि खुसी हुनुहुनेछ, तपाईँहरू लाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने छ, उपाध्यक्ष तामाङले भनिन् ।