बिपीको उदाहरण प्रस्तुत गर्दै ओलीले दमननाथ ढुंगानालाई दिए जवाफ



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगाना मंगलबार एउटै मञ्चमा थिए । श्वेतशार्दूल (मदन भण्डारी) पुस्तक विमोचन कार्यक्रममा ढुंगाना टिप्पणीकार थिए भने ओली मुख्य अतिथि । पहिला ढुंगाना बोले । उनले मदन भण्डारीको भूमिका र पुस्तकबारे व्याख्या गर्दै कम्युनिस्टहरु शक्ति केन्द्रित हुँदा विभाजित हुने गरेको टिप्पणी गरे । यो टिप्पणीले ओलीलाई बिझाएको थियाे । ढुंगानापछि रोस्ट्रममा बोल्न आएका ओलीले ढुंगानाको यो टिप्पणीमा आपत्ति जनाए । दमननाथजीको अन्य कुरा ठिकै रहेको भनेर ओली अघि बढे, ‘कम्युनिस्टहरु पावर केन्द्रित हुन्छन् । आत्मकेन्द्रित हुँदा फाटो हुन्छ भन्ने विषयमा सहमत हुन सकिएन ।’

ओलीले शक्ति केन्द्रित नभएको र केही व्यक्तिहरुको स्वार्थले समस्या भएको प्रष्टीकरण दिए । उनको संकेत प्रचण्ड र माधव नेपालतिर थियो । ओली यतिमै रोकिएनन् । उनले कम्युनिस्ट पावर केन्द्रित नभएको दाबी त गरे नै । साथसाथै कांग्रेसको इतिहास नै खोतले ।

उनले कांग्रेसमा २००८ सालदेखि नै नेतृत्वमा शक्तिको लडाइँ चलेको, मातृका कोइरालाविरुद्ध सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुन्न भनेर बिपी कोइरालाले लडाइँको नेतृत्व गरेको स्मरण गराए ।

‘कांग्रेसमा ००८ सालदेखि नै पावरको लडाइँ चल्यो । विपी कोइरालाले एक व्यक्ति एक पदको लागि नेतृत्व गरे । पछि उनै प्रधानमन्त्री र सभापति भए । नेतृत्व एउटै हुनुपर्छ नत्र कन्ट्राडिक्सन हुन्छ भन्ने भाष्य निर्माण गर्नुभयो,’ उनले भने ।

उनले अर्काको आलोचना गर्दा पूर्वाग्रह नराख्न कांग्रेसनिकट ढुंगानालाई आग्रहह गरे । ‘कहिले यता फर्किन्छ । कहिले उता फर्किन्छ । पूर्वाग्रहले कहिले निष्कर्षमा पुर्‍याउन सक्दैन । सही निष्कर्षमा पुग्न पूर्वाग्रह त्याग्नुपर्छ,’ उनले भने ।

ओलीले कम्युनिस्ट पावर केन्द्रित होइनन् भन्ने स्थापित गर्न मलेसियाका महाथिरदेखि भारतको पञ्चायतसम्मको उदाहहरण दिए । ‘महाथिरले, लि क्वानले पावर केन्द्रित गर्नुभयो । तर, उहाँहरू कम्युनिस्ट होइन । हामीले त गरेका छैनौं । भारतको पञ्चायतभन्दा त हाम्रो स्थानीय तह स्वतन्त्र छन्,’ उनले भने, ‘डेमोक्रेसी अरुले थोपरेको होइन, हामीले लडेर ल्याएको हो । हामी अतिथि लोकतन्त्रवादी होइन रैथाने लोकतन्त्र हो ।’

लोकतन्त्रका लागि कांग्रेसका कुनै नेताभन्दा कम सेक्रिफाइस आफूहरूले नगरेको उनको भनाइ थियो । ‘कांग्रेसले पनि गरेको छ । कांग्रेसको गरेको हुने ? हामीले गरेको केही नहुने हुँदैन । यस्तो हुनुपर्छ नेपालको डेमोक्रेसी भनेर एमालेले कोरेको खाका अरुसँग छैन । किनभने हामी जनताको बहुदलीय जनतावादबाट गाइड छौं । स्वस्थ बहुदलीय जनवादी व्यवस्था हाम्रो विशेषता हो,’ उनले भने ।

ओलीले नेपालमा फुटको इतिहास नराम्रो रहेको पनि उल्लेख गरे । ‘नेपालमा फुटको एउटा नराम्रो श्रृंखला छ । कांग्रेसभित्र पटक पटक भयो । कम्युनिस्ट पार्टीभित्र पनि भयो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर