सिन्धुलीमा ‘नो पार्किङ्ग जोन’ मै पार्किङ्ग



सिन्धुली। सवारी चापसँगै सिन्धुलीमाढीमा पार्किङ्ग समस्या बढ्न थालेपछि, जथाभावी पार्किङ्ग गर्न थालेपछि ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।

ट्राफिक प्रहरीले सिन्धुलीमाढीको १ नम्बर बजारदेखी गैरीबजार, बैंकरोड र २ नम्बर बजार क्षेत्रमा गत असोज १ गतेबाट एकतर्फी पार्किंगको सुरुवात गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर केसीका अनुसार बिहान ९ बजे देखी बेलुकी ५ बजेसम्म बजार क्षेत्रमा ट्रक,ट्याक्टार ,ट्रिपर र मिनीबस लाई निषेध गरिएको छ ।भने मोटर साईकल तथा साना सवारीसाधनहरु लाई तीन/तीन दिनको फरकमा सडकको दायाँबायाँ एकतर्फि पार्किंगको ब्यवस्था मिलाएको छ ।

“अगाडी पार्किङ्ग गर्न पाईंदैन भन्ने बोर्ड देख्दादेख्दै पनि पार्किङ्ग गर्नु कत्तिको उचित हो ?” प्रहरीले यो अभियान संचालन गरेपनि मंगलबार अधिकांश साना सावारी चालकले “पार्किङ्ग निषेध” लेखेकै बोर्ड अगाडी लगेर गाडी पार्किङ्ग गरेको पाईएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली। मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल निर्दोष ब्यक्तिहरुलाई झुठ्ठा आश्वासनमा फसाइएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर