सिन्धुली र रामेछाप हेर्नेगरी मन्थलीमा भू-तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना



रामेछापको मन्थलीमा दुई वटा जिल्लालाई हेर्ने गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ ।

रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी जिल्लामा वाग्मती प्रदेश सरकार अन्तर्गतको कार्यालयको उद्घाटन बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले गरेका हुन्।

बागमती प्रदेश अन्तर्गतका भू तथा जलाधार व्यवस्थापन कार्यालय दुईवटा मात्र हुँदा नागरिकको सेवामा पहुँच नपुगेको कारण कार्यालय थप गरिएको मन्त्री पौडेलले बताए ।

बागमती प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटीले जल, जंगल र जमीन मानव जीवनसँग जोडिएकोले यसको व्यवस्थानको लगि कार्यालयको विषेश महत्व रहेको बताइन ।

जलाधार संरक्षण गर्न सक्योभने धेरै विपतबाट जोगिन सकिने बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले बताए । तर जलाधार संरक्षणमा खासै ध्यान नजानाले बाढी, पहिरो लगायतका घटना हुने गरेको उनको भनाई छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुली । युटुबर चेतन कार्की पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ७ खुर्कोटस्थित वीपी राजमार्ग सडक खण्डबाट उनलाई प्रहरीले

सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका  एम्बुलेन्स प्रदान गरेको छ ।  आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का

सिन्धुलीमाढी। तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।