
सिन्धुलीको दुधौली नगरपालिका २ जलकिनि र तीनचम्के बाट भरुवा बन्दुक सहित पाँच जना पक्राउ पसेका छन् ।
बन्दुक सहित जलकिनी घर भएका ५० बर्षिय नरबहादुर बस्नेत, ५५ बर्षिय शिव बहादुर कार्की, ४३ बर्षिय चुडाबहादुर राउत, तीनचम्के निवासि ७२ बर्षिय जित बहादुर बरैमगर र ४० बर्षिय भुवनबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घर तथा गोठमा भरुवा बन्दुक रहेको भन्ने बिशेष सुचनाका आधारमा खोजी गर्दा बन्दुक फेला परेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।