
सामाजिक सेवा दिवसको अवसरमा सिन्धुलीमा खुल्ला रक्तदान गरिएको छ ।
४२ औं समाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुलीले सिन्धुलीमाढीमा खुल्ला रक्तदान गरेको हो।
नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको सहयोगमा भएको खुल्ला रक्तदानमा १० जनाले रक्तदान गरेको गैर सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिए ।
त्यसैगरी आज विहान सिन्धुली अस्पतालमा उपचार गराई रहेका ३६ जना बिरामीलाई फलफूल वितरण गरेको थियो।
बिं.सं. २०३४ सालमा समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर प्रत्येक वर्ष असोज ६ गते गैर सरकारी संस्था महासंघले सामाजिक सेवा दिवस मनाइँदै आएको छ।