
सिन्धुली । प्रशासनिक भवन निर्माणको क्रममा गरिएको बजेट भेरियसन विवादले बजेट विहिन बनेको तीपाटन गाउँपालिकाले अन्ततः बजेट ल्याउने भएको छ।
गाउँसभा बाट बजेट विनियोजनका लागि गत असार १८ गते र २३ गते बसेको कार्यपालिकाको बैठक अनिर्णय बनेपछि त्यस यताका अन्य बैठकले बजेट विनियोजनका लागि निकास दिन सकेको थिएन ।
प्रशासनिक भवनलाई गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले ,प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद सुवेदी र लेखा अधिकृत गोबिन्द प्याकुरेलले मिलेमत्वमा १५ प्रतिशत बजेट भेरियसन गरेर निर्माण कम्पनी लाई भुक्तानी दिएको भन्दै, बजेट फिर्ता गर्नुपर्ने माग सहित बहुमत कार्यपालिका सदस्यहरुले बिरोध गरेका कारण कार्यपालिकाको बैठक अनिर्णयमा परिणत हुँदै आएका थिए ।
असोज ४ र ५ गते बसेको बैठकले भेरियस बापतको ४२ लाख रुपैंया सम्झौता रकम ४ करोड ८२ लाख भित्र मानी नियमित गर्ने, प्रशासनिक भवन, खानेपानी लगाएतका अन्य आवश्यक कार्यको लागि अनुमानित रकम २ करोड समपूरक कोषमा राखी कार्यपालिकाले स्वीकृत गरे बमोजिम भुक्तानी हुने, प्रशासनिक भवन निर्माणमा भेरियस सम्बन्धी भौतिक तथा वित्तीय कार्य सम्पादन नियम अनुसार भए नभएको डिपिआर ठेक्का र भेरियस सम्बन्धी छानबिन गर्न समिति गठन गर्ने सहमती भएसँगै गाउँसभाको लागि बाटो खुलेको हो ।
यस निर्णय पछि गाउँपालिकालाई बजेट विनियोजन गर्न ढोका खुलेको छ । कार्यपालिकामा देखिएको विवाद केही हद सम्म लचक भएको छ । बिहान ८ बजे कार्यपालिका बैठक बस्ने र दिउँसो गाउँ सभा मार्फत बजेट ल्याउने तयारी गरिएको छ ।
मूलक सङ्घीयतामा गएपछि बनेका स्थानीय तहले आसर १० गते सम्म नीति तथा कार्यक्रम र असार २५ गते सम्म बजेट ल्याई सक्नु पर्ने व्यवस्था छ ।