
सिन्धुलीको दुधौली नगरपालिकाको नगर सभापतिमा बलराम कार्की बिजयी भएका छन्।
नेापाली कांग्रेस दुधौलीका निवर्तमान नगर सभापति कुमार बस्नेत लाई ५४ मतान्तरले पछाडि पार्दै कार्की बिजय भएका हुन्।
दुधौलीमा खसेको २ सय ८४ मत मध्य बलराम कार्कीले १३५ मत प्राप्त गरी विजयी भएका थिए भने, उनका निकटतम प्रत्यासी कुमार वस्नेतले ८१ मत प्राप्त गरेका थिए ।
त्यस्तै दुई सचिवको लागि भएको निर्वाचनमा कमान सिंह मगर (विनु)ले १७९ र मिलन सुनुवारले १५७ मत प्राप्त गरी विजयी भएका छन ।