सिद्दस्थली इङ्लिस बाेर्डिङ स्कुलद्वारा ५२ विद्यार्थी दीक्षित



सिन्धुलीमाढी ।सिद्दस्थली इङ्लिस बोर्डिङ स्कुलले पूर्व प्राथमिक तह उत्तीर्ण गरी प्राथमिक तह प्रवेश गरेका आफ्ना विद्यार्थीहरू लाई एक समारोह बिच दीक्षित गरेको छ । 


जिल्लाकै उत्कृष्ट र आधुनिक तरिकाबाट पूर्व प्राथमिक तह सञ्चालन गरिरहेको विद्यालयले २०७३ साल देखी आफ्ना बिधार्थीहरू लाई उत्साहित बनाउन दीक्षित गर्ने प्रचलनको सुरुवात गरेको हो ।


कक्षा १ मा प्रवेश गरेका ५२ जना विद्यार्थीहरूलाई दीक्षित गर्दै प्रमाणपत्र प्रदान गरेको हो।

कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले आफ्ना बालबालिकाहरूलाई विद्यालय पठाएर मात्र होइन अभिभावक हरूले घरमा पनि शिक्षा र संस्कार सिकाउन जरुरी रहेको बताए । भविष्यका कर्णधार बालबालिकाहरू नै भएका बाल मस्तिष्क देखी नै सामाजिक संस्कार र संस्कृति सिकाउँदै लानुपर्नेमा जोड दिए ।

कोभिड-१९ का कारण बालबालिकाहरूले पढ्न नपाएको बताउँदै सुरक्षा सावधानी अपनाएर विद्यालयहरू निरन्तर सञ्चालन गरिनु पर्ने उनेका भनाई थियो । उनले विद्यालयले सुरू गरेको दीक्षान्त समारोहले बालबालिका तथा अभिभावकहरू लाई अझ हाैसला मिल्ने बताउँदै विद्यालयलाई धन्यवाद समेत व्यक्त गरे । 


कार्यक्रममा आफ्नो भनाई राख्दै प्यावसनका केन्द्रीय सदस्य तथा विद्यालयका प्रिन्सिपल ओम प्रधानले आफ्नो विद्यालय सधैँ बिधार्थीहरू काे भविष्य प्रति चिन्तित भएर अगाडि बढिरहेको बताउँदै आगामी दिनहरूमा प्रविधिमा भएको विकास सँगै अझ विद्यालयलाई बिकास गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । 


प्यावसन सिन्धुली सचिव भानुभक्त गुरुङ, नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङ लगायतले आफ्नो मनतव्य व्यक्त गरेका थिए।

कार्यक्रम विद्यालयकी  निर्देशक लक्ष्मी प्रधान  को अध्यक्षतामा भएको थियाे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कमलामाई नगरपालिकाको निकासि करको विषय अहिले विवादीत बनेको छ । गत असार २९ गते वसेको कार्यपालिका बैठकले ६० लाख १

सिन्धुली । गोलन्जोर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शंकर राज बरालले आज पद वाहाली सँगै सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरेका छन।

सिन्धुली। गत २०७८ साल फाल्गुण २३ गते वि.पि. राजमार्गमा मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका पत्रकार अन्जन रानालाई नेश्नल लाईफ इन्सुरेन्स