
सिन्धुली। नेपाली कांग्रेस सिन्धुलीको पालिका अधिवेशनमा ७ वटा गाउँपालिकाको अधिवेशन सकिएको छ ।
गोल्नजोर गाउँपालिकाको अधिवेशनले सभापतिमा मोतीराज सापकोटा सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै, तीनपाटन सभापतिमा सोम घिमिरे सर्वसम्मत चयन भएका छन् । घ्याङलेक सभापतिमा गणेश पुलामी, हरिहरपुरगढी गाउँपालिका सभापतिमा बमबहादुर स्याङ्बा र दुधौली नगर सभापतिमा बलराम कार्की विजयी भएका छन् ।
भने, सुनकोसी गाउँपालिकाको सभापतिमा यसअघि नै सर्वसहमत रुपमा चन्द्र श्रेष्ठ चयन भैसकेका छन्।
काग्रेशको मरिणको मतगणना चलिरहेकोले यसको नतिजा राती अवेर आउने वताइएको छ ।अरु स्थानीय तह कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकाको आकांक्षी धेरै भएकाले सहमती नजुटेपछि भोली बिहान ८ बजेबाट मतदान हुने नेापाली कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले बताए ।