
सिन्धुली । कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा सभापतिका आकांक्षी धेरै भएपछि टुंगो लगाउन आज मतदान हुने भएको छ।
आज बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म हुने मतदानबाट सभापति टुंगो लगाइने कांग्रेस सिन्धुलीले जनाएको छ।
कमलामाई नगर सभापतिमा कमल पोख्रेल,उज्वल कुमार थापा र उत्पल खड्काले उम्मेरद्बारी दिएर चुनावी मैदानमा हुम्मिएका छन्।
यता: फिक्कल गाउँ सभापतिमा घनश्याम पहाडी, रामकुमार पहाडी र राम कार्की प्रतिस्पर्धामा उत्रिएका छन्।
कांग्रेस कमलामाई नगरपालिकामा सभापति बाहेक उपसभापति र सचिव पदमा पनि चुनाव हुने भएको छ।उपसभापतिको लागि ५जना र सचिवको लागि ७ जनाले उम्मेरद्बारी दिएका छन्।