
राष्ट्रिय युवा संघ नेपाल फिक्कल गाउँपालिका स्तरीय युवा भेलाले अध्यक्षमा शिव बराललाई चयन गरेको छ ।
फिक्कल गाउँपालिकाको खाङ्गसाङ्ग बेसीमा शनिबार भएको युवाको भेलाले बरालको नेतृत्वमा ६७ सदस्य राष्ट्रिय युवा संघ फिक्कल गाउँपालिका कमिटी गठन गरेको छ ।
भेलामा ५० भन्दा धेरै सङ्ख्यामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी परित्याग गरि नेकपा एमाले मा प्रवेश गरेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक देवराज बाइबाले जानकारी दिए।