
सिन्धुली ।नेपाली काँग्रेस कमलामाई नगरपालिकाको सभापतिमा कमल पोख्रेल निर्वाचित भएका छन् ।
शनिबार भएको कमलामाई नगरपालिकाको नगर अधिवेशनमा सभापति का आकांक्षी धेरै भएपछि आजसम्म लम्बिएको थियो ।
नगर सभापतिका उम्मेदवारी दिएका उज्वलकुमार थापा र उत्पल खड्काले सहमतीका आधारमा उम्मेरद्बारी फिर्ता लिएपछि कमल पोख्रेन निर्विरोध सभापती निर्वाचित भएको नेपाली कांग्रेस सिन्धुलीका कार्यालय सचिव कृष्ण दाहालले जानकारी दिए ।
पोख्रेल यसअघि १३औं महाधिवेसनमा नगर सभापतिको प्रत्याशी समेत हुन ।
कार्यालय सचिव दाहालका अनुसार, उपसभापति र सचिवका आकांक्षीहरु धैरै भएकाले उनीहरुलाई पनि सहमतीमा मै सक्ने गृहकार्य भैरहेको छ।