एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधि, कहाँबाट कति ?



नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । यसअघि तीन हजार प्रतिनिधि र मनोनीत १० प्रतिशत गरी करिब तीन हजार ५०० जना प्रतिनिधि हुने भनिएकामा केन्द्रीय कमिटी बैठकले पाँच हजार प्रतिनिधि सहभागी हुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनले महाधिवेशनमा प्रवास कमिटी पनिआउने बताए । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली भने अझै नआइसकेको उनको भनाइ छ ।

केन्द्रीय कमिटीका सबै, केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यहरू, केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मंचका सबै पदाधिकारी र सदस्य, प्रदेशका कमिटीका सबै सदस्य, प्रत्येक केन्द्रीय विभागबाट सचिवसहित पाँच जना, प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीसहित १० जना, जिल्ला कमिटीका पदाधिकारी, प्रत्येक जिल्लामा रहेका निर्वाचन क्षेत्रबाट एक जना अनिवार्य गरी दुई जनाले र प्रत्येक जिल्लाबाट दलित सदस्यले भाग लिनेछन् ।

यस्तै, प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य, प्रदेशसभाका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा पालिकाका प्रमुख र उपप्रमुख पार्टीका सदस्य रहेकाले पनि भाग लिन पाउने उनले बताए ।

पार्टी एकीकरणको प्रक्रियामा सामेल भएका पार्टीका नेता तथा कार्यकर्तालाई पनि सम्मानजनक ढंगले सहभागी गराउने उनले जानकारी दिए ।

यसका अलावा १० प्रतिशत केन्द्रीय कमिटीले महाधिवेशनका लागि प्रतिनिधिको मनोनयन गर्ने प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२

नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका

पाँच वर्ष अगाडि २०७४ सालमा गोलन्जोर गाउँपालिकाको नेतृत्व सम्हाले पछि नेपाली कांग्रेसबाट चुनाव जितेको पुष्प कार्कीले गाउँपालिकाको गौरवको आयोजना भनेर