
सिन्धुली । चर्को आवाज निकाल्ने मोडिफाई गरिएका मोटरसाइकलहरु सडकमा गुडिरहँदा पनि प्रहरी मौन बसेको छ ।
सिन्धुलीमा पछिल्लो समय केही मोटरसाइकल वर्कसबहरुमा खुलेआम रुपमा मोटरसाइकलको मोडीफाइ गरिरहेका छन् ।यदि मोडिफाई गरेर सडकमा मोटरसाइकल वा कार चलाएको खण्डमा १० हजारसम्म जरिवाना गर्ने व्यवस्था नेपालमा रहेको छ ।तर, नेपालमा सवारीसाधन मोडिफाईलाई गैरकानुनी मानिन्छ ।
सस्ता मोटरसाइकल महंगो देखाउने होडबाजीले दिनदिनै मोडिफाई गर्नेहरु संख्या बढिरहेको छ । सिन्धुलीमा हालः करिब दुई दर्जनको संख्यामा चर्को आवाज तथा स्वरुप परिवर्तन गरिएका मोटरसाइलहरु हरेका छन्। त्यस्ता मोटरसाइकलका कारण दुर्घटना बढ्ने भएकाले सर्वसाधारणमा अनावश्यक आवाजका कारण आतङ्कित बनाएको छ।
कुन-कुन मोटरसाइकल मोडिफाई हुन्छ? त!
यसरी मोडिफाई हुनेमा बजाजका मोटरसाइकल धेरै हुने गरेका छन् । बजाज पल्सर एनएस २००, पल्सर २२० एफ, एभेन्जर जस्ता मोडल मोडिफाई गरेर महंगो ब्राण्डका मोटरसाइकल जस्तै बनाउने गरिएको छ ।
पछिल्लो पटक बजाज एभेन्जरलाई हार्ले जस्तै देखिनेगरि मोडिफाई गरिएको मोटरसाइकल निकै चर्चामा रहेको छ । मूल्यका हिसावले एभेन्जर भन्दा हार्लेको मोटरसाइकल ५ गुणा महंगो रहेको छ ।मोडिफाई कम्पनीले एभेन्जरको एग्जस्ट, ह्याण्डलवार र टायर जस्ता पाटर्समा व्यापक परिमार्जन गरेको छ । यसले बजाज एभेन्जर २२० लाई हार्लेको प्रिमियम क्रुजर बाइकको स्वरुप दिएको छ ।